११ आश्विन २०८१, शुक्रबार

फिलिपिन्स गयो दुईवटा शक्तिशाली भूकम्प

कोलोराडोखबर संवाददाता , December 4th, 2023

एजेन्सीहरु । शनिबार राति फिलिपिन्सको दोस्रो ठूलो टापु मिन्डानाओमा दुईवटा शक्तिशाली भूकम्प गएका छन् ।

त्यहाँ ७.४ र ६.१ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले लेखेका छन् ।

भूकम्पको केन्द्रविन्दुभन्दा टाढा सहरका मानिसहरु पनि भवनबाट बाहिर निस्केर खुला ठाउँमा बसेका थिए । बुटुआन सहरमा बिरामीहरूलाई अस्पतालबाट बाहिर निकालिएको थियो ।

उक्त भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्