नेपाल । लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीले भाषा तथा साहित्य पुरस्कार २०८१ का लागि १० कृति छनौट गरेको छ ।
भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको विकास, संरक्षण र प्रवर्धन हेतु स्थापित परिषदले लालबन्दी नगर वाङ्मय परिषद्भाषा तथा साहित्य पुरस्कार २०८१ का लागि निम्नानुसार १० कृतिहरू छनोट गरेको हो ।
५० हजार नगद राशि रहेको यस पुरस्कार अघिल्लो वर्ष ‘बाआमा‘ आख्यानका लागि लेखक रामलाल जोशीलाई प्रदान गरिएकोथियो ।
स्वतन्त्र विज्ञसहित सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा कृति छनोट गरिएको र १० कृतिमध्ये उत्कृष्ट १ लाई पुरस्कृतगरिने परिषद् अध्यक्ष अच्युत अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।
यी छनौटमा परेका १० पुस्तकः
१.अन्तरः रमेश सायन
२. काली कर्णालीका लोकसाहित्य र संस्कृतिः यज्ञराज उपाध्याय
३. जोगियानाः कुमार नगरकोटी
४. नेपाली सङ्गीत दरबारः प्रा।डा। ध्रुवेशचन्द्र रेग्मी
५. पुरूष परीक्षाः धीरेन्द्र प्रेमर्षि
६. प्रश्नहरू त बाँकी न रहन्छन्ः मोमिला
७. बुढीपोल्लीः खेम बतास
८. बोराः अखण्ड भण्डारी
९. भूपिनका कविताः भूपिन
१०. मुकाम रणमैदानः मोहन मैनाली
प्रतिक्रिया दिनुहोस्