९ मंसिर २०८१, आईतवार

गजल

कोलोराडोखबर संवाददाता , August 3rd, 2024

–केशवलाल श्रेष्ठ–

श्रृंगार बिना अझै पनि तिम्रो अनुहार राम्रो लाग्यो ।
झुकाई नजर मुस्काउने तिम्रो ब्यवहार राम्रो लाग्यो ॥

धेरै पिएछुँ शायद आज साह्रै नै लड्खडाएँ म ।
बेलैमा सुतायौ मलाई तिम्रो होसियार राम्रो लाग्यो ॥

मीठो वचन बोलिदिँदा सबमा के खर्च हुन्छ मेरो ।
साँच्चै यो प्रश्न अनि त्यो तिम्रो बिचार राम्रो लाग्यो ॥

जोसंग पनि हँसिली छौ सब गर्छन् तारिफ तिम्रो ।
तौली तौली मुस्काउने त्यो तिम्रो हतियार राम्रो लाग्यो ॥

फर्कि आउने मन नै कति थिएन त्यहाँबाट मलाई ।
नजानु भनी ढोकामै तिम्रो छेकबार राम्रो लाग्यो ॥

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्