११ आश्विन २०८१, शुक्रबार

न्युजिल्याण्डमा दुतावास स्थापना गर्न एनआरएनएको आग्रह

कोलोराडोखबर संवाददाता , August 2nd, 2024

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्डले नेपाली दुतावास स्थापनाको माग गर्दै गत सोमबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

पटक-पटक माग गर्दा समेत सुनुवाई नभएको भन्दै परराष्ट्रमन्त्री डा. राणलाई मन्त्रालयमै पुगेर ज्ञापन पत्र बुझाएको हो ।

न्युजिल्याण्डमा रहेका नेपालीलाई दुतावास नहुँदा निकै समस्या भएकाले दुतावास स्थापना अपरिहार्य रहेको गैर आवासीय नेपाली संघ न्युजिल्याण्डका अध्यक्ष लाल केसीले बताए ।

न्युजिल्याण्डमा २० हजारभन्दा बढी र प्रशान्त द्वीप क्षेत्रमा करिब १० हजार नेपालीको बासोबास छ । न्युजिल्याण्डमा दुतावास स्थापना हुँदा ३० हजार नेपालीलाई सहज हुने अध्यक्ष केसीद्धारा बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

अष्ट्रेलियामा रहेको दूतावासले नै अहिलेसम्म न्युजिल्याण्डमा पनि काम गर्दै आएको छ।

निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत उच्चपदस्थ राजनीतिक दलका नेताका साथै परराष्ट्र मन्त्रालयमा समेत पुगेर नेपाली दुतावासका लागि पहल गरिदिन अनुरोध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्