११ आश्विन २०८१, शुक्रबार

हमासका प्रमुख नेता इस्माइल हानिया मारिए

कोलोराडोखबर संवाददाता , August 1st, 2024

नेपाल । हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरेलले इरानको राजधानी तेहरानमा गरेको एउटा आक्रमणमा मारिएको जनाएको छ ।

हमासले एउटा विज्ञप्ति जारी गर्दै इस्माइल हानियाको मृत्यु भएको पुष्टि गरेको हो। उनी ६२ वर्षका थिए ।

हमासका अनुसार तेहरानमा इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो । इजरेलले उक्त घटनाको जिम्मेवारी लिइसकेको छैन ।

इरानका राष्ट्रपति मसूद पेजेश्कियानले इजरेललाई पछुतो लाग्ने बनाउने र इरानले आफ्नो भूमिको अखण्डता, प्रतिष्ठा र सम्मानको प्रतिरक्षा गर्ने उद्घोष गरेका छन् । –बीबीसीबाट ।

प्रतिक्रिया दिनुहोस्