९ मंसिर २०८१, आईतवार

कथाकार गोपी मैनालीको कथासङ्ग्रह ‘विशृङ्खलित सपना’ लोकार्पित

कोलोराडोखबर संवाददाता , August 1st, 2024

नेपाल । कथाकार गोपी मैनालीको कथासङ्ग्रह ‘विशृङ्खलित सपना’ साउन १२ गते एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ ।

सुरभि साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कवि बैरागी काइँलाको प्रमुख आतिथ्य तथा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बैरागी काइँलाले मैनालीको कथामा नेपाली समाजको राम्रो चित्रण भएको बताए ।

अर्की समीक्षक अनिता कोइरालाले मैनालीका कथाहरू यथार्थ घटनामा आधारित रहेको र बोधगम्य भाषामा कथा बनेर आएको बताइन् ।

आफ्नो लेखकीय मन्तव्य राख्दै कथाकार मैनालीले अनुभूति मिश्रित घटनाहरू आफ्ना कथा भएका छन् मेरी आमा कथाको मुख्य पात्र हुन् भन्दै समाजबाटै पात्र र घटनाहरू टिपेको कुरा बताए ।

कथाकार गोपी मैनालीको यो आठौँ साहित्यिक कृति हो भने यसअघि समालोचना, नियात्रा र निबन्धका कृतिहरू प्रकाशनमा आइसकेका छन् । लोकार्पित पुस्तक विशृङ्खलित सपना सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित कृति हो ।

कार्यक्रममा पूर्व महालेखा परीक्षक टङ्कमणि शर्मा, सुरभि साहित्य प्रतिष्ठानका संरक्षकद्वय विजय चालिसे तथा गोविन्द घिमिरेुवेदमणिु, इतिहासविद् दिनेशराज पन्त, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी तथा सिने कलाकार सरोज खनालले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा सभापति बाजुराम पौडेलले आफ्नो स्वागत मन्तव्य राख्दै सुरभि साहित्य प्रतिष्ठानको बारेमा संक्षेपमा प्रकाश पारेका थिए भने परिवारजनका तर्फबाट लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव अच्युत घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्