१० मंसिर २०८१, सोमबार

राष्ट्र बैंकले सार्वजनिक गर्यो लचिलो मौद्रिक नीति

कोलोराडोखबर संवाददाता , July 27th, 2024

नेपाल । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आव २०८१–८२ का लागि लचिलो मौद्रिक नीति सार्वजनिक गरेका छन् ।

राष्ट्र बैंकले विदेशी मुद्रा सटही, बैंकले राष्ट्र बैंकबाट लिने ऋणको ब्याजदर, चालु पुँजी कर्जा मार्गदर्शन, घरजग्गा, सेयर कारोबार र बैंक तथा वित्तीय संस्थाको सञ्चालन मुनाफा वृद्धिसम्बन्धी व्यवस्थामा खुकुलो नीति लिएको छ ।

राष्ट्र बैंकले केही क्षेत्रमा निष्क्रिय कर्जा वर्गीकरणको अवधि लम्ब्याइदिएको छ ।

विगतका मौद्रिक नीतिमा एक बुँदामा सम्बोधन हुने निर्माण व्यवसाय क्षेत्रलाई विशेष सम्बोधन गरेका छन् । लघु, घरेलु, साना एवं मझौला उद्यममा प्रवाह हुने कर्जाको व्यवस्था पुनरावलोकन गरी कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित उद्योगलाई पनि सस्तो कर्जा दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्