नेपाल । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बिहीबारको मन्त्रिपरिषदको बैठकले अर्थशास्त्री अधिकारीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । पाल्पा निवासी अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुनुहुन्छ ।
मन्त्रिपरिषद बैठकले डा. आरपी बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई आयोगको सदस्यमा नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्