नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहाल ले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान रहे पनि असर भने धेरै भोग्नुपरेको बताएका छन् ।
संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा शनिबार सम्बोधन गर्दै जलवायु मुद्दामा नेपाल अन्यायमा परेको बताए ।
हिमालयहरु मानव सभ्यता, पर्यावरण र जैविक विविधताको आधार हो भन्दै उनले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमालय बढी जोखिममा परेको प्रधानमन्त्रीको भनाई थियो ।
सम्बोधनका क्रममा उनले भने–‘नेपाल माथि अन्याय भइरहेको छ, यसको अन्त्य जरुरी छ ।’
प्रतिक्रिया दिनुहोस्