नेपाल । मंगलबार साँझदेखि विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन जोडिएको छ ।
प्राधिकरणको सञ्चालक समिति (बोर्ड) को निर्णय अनुसार रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टीलको लाइन जोडिएको हो ।
डेडिकेटेट र ट्रकं लाईनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारवाही अगाडि बढाउने गरी उद्योगहरुको विद्युत लाईन जोडने निर्णय भएको प्राधिकरणको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्