११ आश्विन २०८१, शुक्रबार

बंगलादेशको विधार्थी आन्दोलन स्थगित

कोलोराडोखबर संवाददाता , July 23rd, 2024

नेपाल । सरकारी जागिरमा लागू गरिएको आरक्षणको विरोधमा उत्रिएका बंगलादेशका विद्यार्थीहरुले ४८ घण्टासम्मलाई आन्दोलन फिर्ता लिएका छन् ।

आइतबार बंगलादेशको सर्वोच्च अदालतले आरक्षण प्रणाली खारेजगरेसँगै उनीहरुको यस्तो निर्णय सोमबार आएको हो ।

विद्यार्थीरुले कर्फ्यू हटाउनुपर्ने, इन्टरनेट सेवा सुचारु गर्नुपर्ने लगायतका माग राखेर दुई दिने अल्टिमेटमसहित आन्दोलन स्थगत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सोमबार मात्रै बंगलादेशमा विपक्षी दलका ५०० भन्दा धेरै नेता कार्यकर्ताहरु पक्राउ परेका थिए । गत जेठबाट सुरु भएको विद्यार्थी आन्दोलनमा १५० बढीको मृत्यु भएको छ ।

सन् १९७१ मा स्वतन्त्र भएको बंगलादेशमा ३० प्रतिशत आरक्षण स्वतन्त्रता सेनानीका सन्तानलाई, १० प्रतिशत महिलालाई, १० प्रतिशत जिल्लालाई, पाँच प्रतिशत अल्पसंख्यकलाई र १ प्रतिशत अपांगता भएकालाई गरेर कुल १०० प्रतिशत जागिरमा ५६ प्रतिशत आरक्षणको व्यवस्था थियो । खुला जागिर ४४ प्रतिशत मात्रै थियो ।

आइतबार अदालतले खुला जागिरको मात्रा ४४ बाट बढाएर ९३ प्रतिशत बनाएको छ । सात प्रतिशत आरक्षणमा ५ प्रतिशत स्वतन्त्रता सेनानीका सन्तानलाई र २ प्रतिशत अन्य कोटालाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्