नेपाल । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अंकले बढेको छ ।
सोमबार नेप्से २.१५ अंकले बढेर २४८८.०९ अंकमा कायम भएको हो । ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर एक लाख ७० हजार ५५९ पटक खरिदबिक्री हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४४० रुपैयाँ बराबरको कारोबार भएको छ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।
त्यस्तै सबैभन्दा बढी गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.९४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३६ करोड ९३ लाख ४८ हजार सात सय ४१ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर संख्याका आधारमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ को १५ लाख ५६ हजार ९९५ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्