बुधबार राति यूएई प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँका लगानीकर्ताहरुसँग छलफल गरेका छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुने त्यहाँ पुगेका उनले नेपालमा पूँजी परिचालन गर्न यूएईका लगानीकर्ताहरुलाई आग्रह गरेका हुन् ।
उक्त अवसरमा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्