७ बैशाख २०८२, आईतवार

भानु जयन्तीका अवसरमा अनेसास कोलोराडोको आयोजनामा बधाई ज्ञापन कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , July 21st, 2024

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको आयोजनामा २११औं भानु जयन्तीका अवसरमा जुलाई २० शनिबारका दिन नेपाली घरमा भानु जयन्ती तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।

अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनेसास केन्द्रीय समितिको हालै सम्पन्न निर्वाचनबाट महासचिवमा निर्वाचित कोलोराडो शाखा अध्यक्ष राजु सिटौला र कोषाध्यक्षमा निर्वाचित पूर्व शाखाअध्यक्ष तारा अधिकारीलाई खादा–मालासहित बधाई ज्ञापन गरिएको हो ।

अनेसास कोलोराडोका महासचिव किरण अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रममा शाखा अध्यक्ष राजु सिटौलाले आदिकवि भानुभक्त आचार्यको छोटो जीवनी प्रस्तुत गर्नु भएको थियो । त्यस्तै बालकवि रचित रेग्मीबाट भानुभक्तको रचनामा आधारिक केही श्लोक बाचन गरिएको थियो । कार्यक्रममा आदिकवि भानुभक्तसँग सम्बन्धित ३–४ वटा रचन बाचन गरिएको थियो ।

त्यसैगरी अनेसासको महासचिवमा निर्वाचित राजु सिटौला र कोषाध्यक्षमा निर्वाचित तारा अधिकारीले साहित्यिक क्षेत्रको विकास र बिस्तारबारे मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा एनआरएनए कोलोराडो शाखाका अध्यक्ष प्रकाश पौडेल, ग्लोबल फिल्म अवार्डका संयोजक नवराज श्रेष्ठ, सिस्टर्स ग्रुपका अध्यक्ष धन पौडेल, रक्की माउन्टेन फ्रेन्डस् अफ नेपालका उपाध्यक्ष विकास त्रिपाठी, मगर संघ कोलोराडोका अध्यक्ष कृष्ण थापामगर, तमुः धी कोलोराडोका अध्यक्ष जीत गुरुङ, एनआरएनए कोलोराडो च्याप्टरका युथ को-अर्डिनेटर चन्द्र गुरुङ र नेपाली घरका उपाध्यक्ष गंगा चौलागाईको आतिथ्यता रहेको थियो ।

यसैगरी कार्यक्रममा डा. खगेन्द्र दाहाल, डा. भीम कट्टेल, पदम विश्वकर्मा, तारा अधिकारी, बाशुदेव खनाल, पुष्पराज पौडेल, लाल चौलागाईँ, नवराज श्रेष्ठ, सम्झना खनाल, समिर आचार्य, भुपेन्द्र महत, सम्झना आचार्य, धन पौडेल, भगवती दाहाल, रचित रेग्मी र रुशिल रेग्मीले रचना बाचन गर्नु भएको थियो । कार्यक्रममा दामोदर लुइटेलको गीत प्रस्तुति रहेको थियो ।

कार्यक्रममा ४५ जना भन्दा बढी साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्