११ आश्विन २०८१, शुक्रबार

इजरायल र हमासबीच अस्थायी युद्धविराम लम्ब्याउने प्रयास

कोलोराडोखबर संवाददाता , November 30th, 2023

एजेन्सीहरु । इजरायल र हमासबीच अस्थायी युद्धविराम लम्ब्याउने प्रयास भइरहेको समाचारहरु सार्वजनिक भएका छन् ।

सम्भावित नयाँ सहमतिका लागि कतारमा वार्ताहरू भइरहेका हुन् ।

नयाँ सहमतिका विषयमा अमेरिका, इजरायल र इजिप्टका गुप्तचर प्रमुखहरूले कतारका प्रधानमन्त्रीसँग दोहामा छलफल गरेका छन् ।

युद्धविरामको क्रममा दुबै पक्षको नियन्त्रणमा रहेका व्यक्तिहरु धमाधम रिहा भइरहेका छन् तर हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीबारे हालसम्म स्पष्ट जानकारी आइसकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्