५ माघ २०८१, शनिबार

स्पेनले चौथो पटक जित्यो युरो कपको उपाधि

कोलोराडोखबर संवाददाता , July 15th, 2024

अमेरका । युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २–१ हराएको हो ।

स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए । विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए ।

इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गोल गरेका थिए ।​

योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ भने इङल्याण्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेता बनेको छ ।

स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो भने अघिल्लो संस्करणमा इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्