नेपाल (हेटौंडा) । शनिबार भानु प्रतिष्ठान नेपाल, बागमती प्रदेश कार्यसमितिले प्रदेशको राजधानी हेटौँडामा आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीमा प्रभातफेरी तथा साहित्यिक कार्यक्रम गरेको छ ।
सोलिड्यारिटी इन्टरनेसनल माविमा साहित्यकार, शिक्षक, बिध्यार्थी, पत्रकार करिब २०० जना जम्मा भएर शुरु भएको प्रभातफेरी बसपार्क, बुद्ध चोक, सिमा चोक हुँदै पुनः सोलिड्यारिटी इन्टरनेसनल माविमा पुगेर सभामा परिणत भएको थियो ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमुख अथितिका रुपमा मन्तव्य राख्नुहुँदै भानु जयन्तीलाई प्रदेशहरूमा पनि मनाउन शुरुआत गर्नु ठूलो कुरा भएको र आगामी दिनमा यसलाई जनस्तरसम्म लानुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा साहित्यको विकास राम्रो भएको तर अझै मलजल गर्न आवश्यक रहेको कुरा बिर्सन नहुनेमा जोड दिनुभयो । उहाँले साहित्य लेखनका समयमा समाजलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सोलिड्यारिटी इन्टरनेसनल माविका विनिता तामाङ, तुलसीमेयर माविका अनुसुया खनाल, बालजागृति माविका सर्जु भण्डारी र आशिका न्यौपाने तथा कवि मञ्जु खरालले भानु सम्बन्धी कविता वाचन गर्नुभएको थियो भने छन्दकवि पुरुषोत्तम आचार्यले रामायणका पाँच श्लोक वाचन गर्नु भएको थियो ।
कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले भानुभक्तबारे जानकारी दिनुभएको भानु प्रतिष्ठान नेपाल बागमती प्रदेश कार्यसमितिका सहसंयोजक मसान उपासकले जानकारी दिनुभयो ।
कार्यक्रममा रमेशमोहन अधिकारी, श्यामकुमार बानियाँ, देवराज तिवारी, सानु खनाल, डिबि बर्तौला, माधव पोखरेल, अम्बिका कार्की, रजनी पौडेल, भावना सापकोटा, एकके निधनलगायतका कवि लेखकहरूको आतिथ्यता रहेको थियो । यस्तै, रघुनाथ खराल, विनोद सुवेदी, रिना आचार्य, बलराम पुडासैनी, शिव चौँलागाई, राजेश थापा गरिब, रुपक कालिराजलगायतको आतिथ्यता रहेको थियो ।
भानु प्रतिष्ठान नेपाल बागमति प्रदेश कार्यसमितिका संयोजक हयग्रीव आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मसान उपासकले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्