–मिथिला अधिकारी–
कहिले उकाली कहिले ओराली जस्तो,
जिन्दगी कैले चुली, कैले खाली जस्तो ।
उता छौ तिमी जिन्दगी दुखे पनी हाँसिरहने
बगैंचामा फक्रिएको फूलको लाली जस्तो ।
सधैं प्यासी छ बगर नदीकै छेउमा भएपनि
खडेरीले खाएको किसानको बाली जस्तो ।
हुन त म त्यही हाँगो हुँ छुट्टिएको रूखबाट,
आफ्नै फलको भारले लाछिएको डाली जस्तो ।
हिजोसम्म शिरमा अचायौ गंगाजल सम्झेर,
कसरी जान सक्यौ नाघेर आज नाली जस्तो ।
म छोरी हुँ, म पत्नी हुँ, म आमा हुँ जगतकी ,
परिआए मैदानमा हुनुपर्छ मैले काली जस्तो ।
–हेटौंडा ८ कमाने ।
प्रतिक्रिया दिनुहोस्