नेपाल । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु खण्ड सडक बुधबारबाट १५ दिनसम्म राति बन्द भएको छ ।
नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड साउन ९ गतेसम्म राति बन्द गर्न लागिएको जनाएको छ । सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ ।
उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्