नेपाल । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सक्रियता देखाएको छ । उक्त समितिले दिनदिनै सरोकारवाताहरुसँग छलफल गर्दै आएको छ ।
समितिको मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले असार २६ गते बुधवार पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको हो।
पीडितहरूसँग छलफल गरी त्यहाँभित्रको समस्या समाधानका लागि थप तथ्यहरूको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ ।
सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग छलफल गरी समस्या समाधानको निश्कर्ष दिने समितिको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्