५ माघ २०८१, शनिबार

फ्रान्सलाई २-१ ले पराजित गर्दै स्पेन यूरो कपको फाइनलमा

कोलोराडोखबर संवाददाता , July 10th, 2024

अमेरिका । जर्मनमा जारी यूरो कप अन्तरगत मंगलबार रातिको खेलमा स्पेनले फ्रान्सलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लामिन यामाल र डानी ओल्मोको गोलले स्पेनलाई बर्लिनमा हुने फाइनलमा आफ्नो स्थान सुरक्षित गराएको हो ।

शुरुमा गोल गर्दै फ्रान्सले अग्रता लिए पनि त्यो अग्रतालाई जोगाई राख्न सकेन ।

यामालले स्पेनको लागि खेलको २१औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाटगोल गरे, जुन गोलपोस्टमा ठोक्किएर जालमा प्रवेश गर्यो, जसले १६ वर्षका यामाललाई यूरोकप प्रतियोगिताको सबैभन्दा कान्छो गोलकर्ता बनायो ।

स्पेनले चार मिनेट पछि निरन्तर दबाबको अवधिपछि अग्रता लियो जब ओल्मोले पेनाल्टी क्षेत्र भित्रबाटै प्रहार गरी गोल गरे ।

दोस्रो हाफमा फ्रान्सले स्पेनलाई दबाबमा राख्यो र केही अवसरहरू सिर्जना गर्‍यो तर पुनः लयमा फर्कन सकेन ।

स्पेनले इंग्ल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको विजेतासँग फाइनलमा सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्