९ बैशाख २०८२, मंगलवार

कोपा अमेरिका कपमा बुधबार अर्जेन्टिना र क्यानडाबीच फाइनल प्रवेशका लागि भिडन्त हुँदै

कोलोराडोखबर संवाददाता , July 9th, 2024

अमेरिका । कोपा अमेरिका कपमा बुधबार बिहान अर्जेन्टिना र क्यानडाबीच पहिलो सेमिफाइनल खेल हुँदैछ ।

उक्त खेल बुधबार बिहान पौने ६ बजे मेटलाइफ स्टेडियममा हुनेछ ।

पहिलो पटक कोपा अमेरिका खेलेको क्यानडा भेनेजुएलालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । कतार विश्वकपको च्याम्पियन अर्जेन्टिनाले पनि इक्वेडरलाई पेनाल्टीमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

समूह चरण अन्तरगत उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले पराजित गरेको थियो ।

यी दुई टोलीको विजेताले उपाधिका लागि उरुग्वे र कोलम्बियाको विजेतासँग सोमबार बिहान खेल्नेछ ।

उरुग्वे र कोलम्बियाबीचको दोस्रो सेमिफाइनल खेल भने बिहीबार बिहान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्