अमेरिका । यूरो कप २०२४ अन्तरगतको पहिलो सेमिफाइनलमा मंगलबार राति स्पेन र फ्रान्सले भिड्दै छन् । खेल नेपाली समय अनुसार राति पौने १ बजे जर्मनीमा सुरु हुनेछ ।
फ्रान्स र स्पेनबीच अहिलेसम्म ३६ पटक भिडन्त भएको छ । जसमध्ये स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् । यद्यपि पछिल्ला आठ खेलमा फ्रान्सले पाँचमा जित हात पारेको छ ।
स्पेन र फ्रान्सबीचको विजेताले दोस्रो सेमिफाइनल खेल्ने इङ्ग्ल्यान्ड र नेदरल्यान्ड्सको विजेतासँग उपाधिका लागि भिड्ने छन् ।
प्रतिक्रिया दिनुहोस्