अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को निर्वाचनका लागि शनिवार बिहानदेखि सुरू भएको मतदान प्रक्रिया रद्द गरि आइतवार अमेरिकी समय मध्यान्ह १२ बजेबाट पुनः शुरु भएको छ ।
मतदान प्रविधिमा आएको खराबीका कारण निर्वाचन समितिले यस्तो निर्णय गरेको हो ।
अब मतदाताले तीनदिनसम्म मतदान गर्न पाउने छन् । नयाँ तालिका अनुसार आइतवार मध्यान्ह १२ बजेदेखि बुधवार विहान ११ः५९ बजेसम्म गर्न सकिने छ ।
निर्वाचन समितिका अनुसार पहिला भोट गरिसकेकालाई पनि नयाँ मतपत्र पठाइएको छ ।
समितिद्वारा जारी विज्ञप्ति यस्तो रहेको छ ।
विश्वमा पाँचवटा महादेशमा फैलिएको अनेसासका २४ सय आजीवन सदस्य रहेका छन् । भानुजयन्तीको सन्दर्भ पारेर नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिने कार्ययोजनासहित निर्वाचन गरिने अध्यक्ष गोवर्द्धन पूजाले बताए ।
निर्वाचनले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष, प्रत्येक महादेशबाट १-१ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य निर्वाचित गर्नेछ । दुई जना सदस्य केन्द्रीय समितिले मनोनयन गर्नेछ ।
अनेसासको निर्वाचन शनिवार र आइतवार हुँदै, निर्वाचन पर्यवेक्षणका लागि समिति गठन
अनेसासको अध्यक्षमा वाग्ले र निरौला तथा महासचिवमा सिटौला र गिरीको उम्मेदवारी दर्ता
अनेसासको निर्वाचनको मौन अवधि शुरु, शनिबार र आइतबार निर्वाचन
प्रतिक्रिया दिनुहोस्