–रमेशचन्द्र घिमिरे–
दिक्कै लाग्दो गरी
झरी पर्यो झरी ।
बाहिर जान पाइनँ
चारा खोज्न भ्याइनँ
भन्दै रुन्छे चरी
झरी पर्यो झरी ।
चल्ला भोकै भए
गुँडमै रुझिरहे
लौ न कठै बरी
झरी पर्यो झरी ।
घाम लागोस् भन्छे
पानी भागोस् भन्छे
तर दिनैभरि
झरी पर्यो झरी ।
–भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्