७ मंसिर २०८१, शुक्रबार

नेपाल नेत्रज्योती संघ कोलोराडो तदर्थ समिति गठन, संयोजकमा नारायण श्रेष्ठ

कोलोराडोखबर संवाददाता , July 5th, 2024

–नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा नेपाल नेत्रज्योती संघ कोलोराडो तर्दथ समिती गठन गरिएको छ ।

कोलोराडोमा सक्रिय सामाजिक संघ संस्थाका प्रतिनिधि, बुद्धिजिवी एबं सामाजिक अभियन्ता, नेपाल नेत्रज्योती संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्त, महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक शैलेसकुमार मिश्र लगायतका पदाधिकारीहरूको उपस्थितीमा कोलोराडो तदर्थ समिति गठन गरिएको हो ।

कोलोराडोमा नेपाली समुदायका अभिभावक तथा समाजसेवी नारायण श्रेष्ठको संयोजकत्वमा १५ सदस्सीय तदर्थ समिति गठन गरिएको समितिका सदस्य तथा नेपाली घरका निवर्तमान अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् ।

समितिका सदस्यहरूमा जगदिशचन्द्र ढकाल, नविन दत्त, निलम श्रेष्ठ, बसन्त लम्साल, सुरज भण्डारी, गंगा चौलागाइ, शुरेसचन्द्र प्रधान, नवराज श्रेष्ठ, कृष्ण थापा, चन्द्रमान गुरूङ, घनश्याम अगस्थी, अर्जुन बगाले र शुमन केशी रहेका छन् ।

समितिले नेपाल नेत्रज्योती संघको बिधान अनुसार काम अगाडि बढाउने ढकालले बताएका छन् ।

नेपालमा २८ जिल्लामा अस्पताल, १ सय ६० आंखा उपचार केन्द्र र ४३ जिल्लामा शाखा रहेको संस्थाले अन्धोपन निवारणका लागी उल्लेखनीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्