नेपाल । ८ अर्ब रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् ।
उनलाई प्रहरीले बालाजुबाट बुधबार बिहान पक्राउ गरेको हो ।
३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष उप्रेती विरुद्ध बचत रकम हिनामिना जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पुर्जी जारी रहेकाले उनीहरू पनि हाल फरार छन् ।
प्रतिक्रिया दिनुहोस्