कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शाखा अध्यक्ष राजु सिटौलाको अध्यक्षतामा गत आइतबार सभा सम्पन्न भएको हो ।
शाखाका महासचिव किरण अधिकारीबाट आव २०२२/२३ को प्रगति विवरण, सचिव लालप्रसाद चौलागाईँबाट आव २०२३/२४ को प्रस्तावित कार्ययोजना र कोषाध्यक्ष सेनुप्रसाद तिवारीबाट आव २०२२/२३ को आय व्यय विवरण र २०२३/२४ को अनुमानित आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा उठेका सवालहरुमा अध्यक्ष सिटौला, सचिव चौलागाईँ र कोषाध्यक्ष तिवारीले स्पष्ट पार्नु भएको थियो ।
जूम माध्यमबाट सञ्चालित सभामा अनेसासका केन्द्रीय अध्यक्ष गोबर्द्धन पूजा र अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम विश्वकर्माले शुभकामना दिनु भएको थियो ।
सभामा आजीवन सदस्यहरु सीता सापकोटा, बाशुदेव खनाल, डा. विजयराज शर्मा, प्रमिला शर्मा, सञ्जय शाक्य, कुमारजंग कार्की, नवराज न्यौपाने र राज ढुंगानाको उपस्थिति थियो ।
त्यसैगरी रामचन्द्र पन्त, उपेन्द्र घिमिरे, गंगा अभिलासी, विकास त्रिपाठी, श्रीराम लुईँटेल, रमेश गुरुङ, भीम कट्टेल, जगदीशचन्द्र ढकाल, रामराज पौडेल, दामोदर लुईँटेल र निर्मला अर्याल लगायतको उपस्थिति रहेको सचिव चौलागाईँले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्