५ माघ २०८१, शनिबार

कोपाको क्वाटरफाइनलमा उरुग्वे र पानमा प्रवेश गर्दा अमेरिका बाहिरियो

कोलोराडोखबर संवाददाता , July 3rd, 2024

अमेरिका । कोपा अमेरिका २०२४ अन्तरगत आयोजक अमेरिकालाई १–० ले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लगातार तेस्रो जित निकाल्दै उरुग्वे समूह सी को विजेताको रुपमा अन्तिम ८ मा प्रवेश गरेको हो । कान्सास सिटीस्थित एरोहेड स्टेडियममा भएको खेलमा उरुग्वेका लागि माथिएस ओलिभेराले ६६औं मिनेटमा निर्णायक गोल गरे ।

हारपछि अमेरिका भने समूह चरणबाटै बाहिरिएको छ ।

त्यसैगरी अर्को खेलमा पानमाले बोलिभयालाई ३–१ ले हराएपछि अमेरिका समूहमा तेस्रो हुँदै बाहिरिएको हो ।

पानमाका लागि जोस फाजार्डो, एडुअर्डो गुएरेरो र सेजार यानिसले गोल गरे । बोलिभियाका लागि ब्रुनो मिरन्डाले सान्त्वना गोल फर्काए । दुई खेल जितेको पानमा भने समूह उपविजेताको रुपमा क्वाटरफाइनल प्रवेश गरेको छ ।

पहिलो खेलमा उरुग्वेसँग पराजित भएपछि पानमाले अमेरिकालाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्