६ मंसिर २०८१, बिहीबार

‘तमु प्ये ल्हु’को वार्षिकोत्सवः रुकुमले जित्यो टिपिएलए कप, एनआरएनए र सीएनवाईसीको भव्य साथ

कोलोराडोखबर संवाददाता , July 2nd, 2024

कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको १०औं वार्षिकोत्सवको अवसरमा जुन २९ र ३० (शनिबार र आइतबार) विभिन्न कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

यसअवसरमा अन्तरराज्य स्तरीय (इन्टर स्टेट) टीपीएलए कप २०२४ पुरुष भलिबल प्रतियोगिता, गुरुङ धर्मसंस्कृति सम्बन्धी प्रवचन–अन्तरक्रिया, झाँकी प्रदर्शन र कार्यक्रमको अन्त्यमा भव्य साँगीतिक कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको दोस्रो तथा अन्तिम दिन ‘प्ये ता ल्हु ता’ (गुरुङको धर्मसंकार, संस्कृति) बारेमा महत्वपूर्ण र जानकारीमूलक अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा ‘प्ये ता ल्हु ता’ का जानकारी पच्यु पैन्डी चिब तथा तमु प्ये ल्हु संघ यूकेका खेगी बिभागका अध्यक्ष पीपीसी जित क्रोम्छे तमुको उपस्थिति रहेको थियो ।

कार्यक्रममो सहजकर्तामा मिनबहादुर क्रोम्छे तमु रहनु भएको थियो । अन्तरक्रिया कार्यक्रम पच्यु पैन्डीबिद, तमु प्ये ल्हु संघ युकेका खेगी बिभागका अध्यक्ष पीपीसी जीत क्रोम्छे तमु, अध्यक्ष चक्रबहादुर क्रोम्छे तमु, प्रमुख सल्लाहकार जीतबहादुर क्रोम्छे तमु, चिजमाया ल्हेगे तमु र सहजकर्ता मिनबहादुर क्रोम्छे तमुलगायतकाबाट कोहिवो धि मा द्विप प्रज्वलन गरी दोश्रो दिनको कार्यक्रम बिधिबत् रुपमा शुरु भएको थियो ।

पीपीसी जित क्रोम्छे तमुले ‘स फु ति कह्यल्श’ पृथ्वीको उत्पती र द बिग ब्याङ थेउरी तमु शास्त्र ‘स फु ति कह्यल्श’ बारेमा जानकारी दिनु भएको थियो । साथसाथै यो तमु धर्म सस्कर संस्कृति तथा तमु खेगी (गुरुङ खेगी) हरुले गर्ने सम्पूर्ण कार्यहरुमा बैज्ञानिकताबारे प्रस्ट्याउनु भएको थियो । कुनै पनि पूजाआजामा पशुपंक्षीको बली र (अर्घुम) मृत संस्कारमा बली किन दिनु पर्ने, जस्लाई गुरुङ भाषामा ‘कहो क्यु थु क्यु’ बारेमा प्रस्ट पार्नु भएको थियो ।

यो अन्तरक्रिया र जानकारीमूलक कार्यक्रमपछि भलिबल प्रतियोगिताका वियजीहरुलाई शिल्प, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । उक्त अन्तरराज्य स्तरीय (इन्टर स्टेट) टीपीएलए कप २०२४ पुरुष भलिबल प्रतियोगिता तमु प्ये ल्हु अमेरिकाको आयोजना तथा एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लब (सीएनवाईसी) को सहआयोजनामा सम्पन्न भएको हो ।

प्रतियोगितामा विभिन्न १० टिमको सहभागिता रहेको थियो । अमेरिका राज्य भरी छरिएर रहेका नेपाली युवाहरुको सहभागिताको साथै नेपाली समुदायबीच सुमुधुर सम्बन्धलाई प्रगाढ बढाउनु प्रतियोगिताको उद्देश्य हो । प्रतियोगितामा टिम रुकुम टेक्सास प्रथम र टिम सजनी टेक्सस द्वितीय भएको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ७ हजार र द्वितीय हुने टिमलाई ४ हजार डलर पुरस्कारको व्यवस्था गरिएको थियो साथै अन्य विभिन्न विधामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरुलाई अवार्डको व्यवस्था गरिएको थियो । स्पोर्टस् कमिटीका चन्द्र ल्हेगे तमु, राम क्रोम्छे तमु र कैलाश क्रोम्छे तमुले प्रतियोगिता आयोजना र पुरस्कार वितरणमा सहजीकरण गरेको तमु प्ये ल्हु अमेरिकाका उपाध्यक्ष सन्तोष क्रोम्छे तमुले जानकारी दिनु भयो ।

तमु प्ये ल्हु अमेरिकाका अध्यक्ष चक्र क्रोम्छे तमुको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एनआरएनए कोलोराडो शाखाका अध्यक्ष प्रकाश पौडेलले विजयी टिमहरुलाई पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा स्थानीय संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, गन्यमान्य, पत्रकार र कोलोराडोवासी नेपाली भाषी दाजुभाई दिदीबहिनीहरुको सहभागिता रहेको थियो ।

तेस्रो चरणको कार्यक्रम साँस्कृतिक विभाग उपप्रमुख श्रीमती अनिश तमुले सञ्चालन गर्नु भएको थियो भने चर्चित गायक सन्तोष लामा र रिमा गुरुङ होडाबाट बेजोड प्रस्तुतीसँगै तमु प्ये ल्हु अमेरिकाको दशौं वार्षिकउत्सव सम्पन्न भएको थियो ।

टीपीएलए कप भलिबल प्रतियोगितामा १० टिम सहभागी, आइतबार सांगीतिक प्रस्तुती (फोटोफिचर)

कोलोराडोमा पहिलो पटक इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता हुँदै, तयारी शुरु

कोलोराडोमा हुने इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता मूल आयोजक समिति गठन

अमेरिकाको कोलोराडोमा हुने इन्टर स्टेट ‘टीपीएलए कप २०२४’ का लागि टिम दर्ता खुला

अमेरिकाको कोलोराडोमा हुने इन्टर स्टेट ‘टीपीएलए कप २०२४’ को तयारी अन्तिम चरणमा

कोलोराडोमा शनिबार-आइतबार आयोजित भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको तयारी पूरा

 

प्रतिक्रिया दिनुहोस्