९ बैशाख २०८२, मंगलवार

अजेन्टिना र क्यानडा कोपा अमेरिका कपको क्वार्टरफाइनलमा

कोलोराडोखबर संवाददाता , June 30th, 2024

अमेरिका । कोपा अमेरिका कप फुटबलमा अर्जेन्टिनाले पेरुलाई हराएको छ । अपराजित छ।

अर्जेन्टिनाले लाउटिरो मार्टिनेज चम्किँदा पेरुलाई २–० ले हरायो । आइतबार बिहान अमेरिकाको हार्ड रक स्टेडियममा भएको खेलमा मार्टिनेजले ४७औँ मिनेटमा र ८६औँ मिनेटमा गोल गरे ।

अधिकांश समय बल आफ्नो पक्षमा पारेको अर्जेन्टिनाको यो जितसँगै ९ अंकका साथ ग्रुप ए बाट क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आजै भएको अर्को खेलमा क्यानडाले चिलीलाई गोलरहित बराबरीमा रोक्दै अन्तिम आठमा स्थान बनाउन सफल भयो । ग्रुप ए बाट चिली र पेरु भने समूह चरणबाटै बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्