१० मंसिर २०८१, सोमबार

मुक्तक प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , June 29th, 2024

नेपाल (हेटौंडा) । मुक्तक मञ्च मकवानपुर शाखाको आयोजना एवं हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ को प्रवर्धनमा विद्यालयस्तरीय मुक्तक प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रशिक्षकको रूपमा मुक्तक मञ्च मकवानपुरका सल्लाहकार विश्वनाथ सन्जेलले सहजीकरण गर्नु भएको थियो । त्यसैगरी विद्यालय स्तरीय खुला मुक्तक प्रतियोगिता २०८१ मा निर्णायकको भूमिकामा साहित्यकार सानु खनाल सर र भवानी तिमल्सिना रहनु भएको थियो ।

प्राप्त भएका ५२ जना सहभागीहरूको मुक्तकहरुमध्ये निर्णायकहरूले दिनुभएको अङ्कको आधारमा उत्कृष्ट २० जना सहभागीहरूलाई आफ्ना मुक्तक वाचन गर्नको निम्ति सहभागी गराएइएको थियो । जसबाट निर्णायकहरूले मुक्तकको संरचना, भाव, विचार तथा वाचनको आधारमा दिनुभएको अङ्कको आधारमा उत्कृष्ट २० जनामध्ये ५ जना प्रमाणपत्र र नगदसहित पुरस्कृत भएका छन् ।

मुक्तककार डीबी बर्तौला र दिपक गौतमबाट उत्कृष्ट २० जनालाइ बिभिन्न पुस्तकहरु प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम साम्राज्ञी चालिसे सोलिडरिटी इन्टरनेसनल एकेडेमी मावि, द्वितीय विविसा रुम्बा श्री शारदा मावि, तृतीय अनमोल पोखरेल जिएस निकेतन र सान्त्वाना मोनिका नेगी श्री बुद्ध मावि र सदिक्षा हुमागाई बालजागृति ई. मावि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्