१० मंसिर २०८१, सोमबार

कविताः उदाइरहेछन्, अस्ताइरहेछन्

कोलोराडोखबर संवाददाता , June 29th, 2024

–लक्ष्मी ‘रेशमी’–

टिमटिम चम्किरहेछन् निल नभमा
फगत एक मुट्ठी धोको बोकेर प्रकाशको
ब्रह्माण्ड नै उज्यालोमय बनाउन
उदाइरहेछन् अस्ताइरहेछन् युगौँदेखी ।

रत्तिभर उदास र सँकोच बिना
बर्खामा उम्रीरहेछन् च्याउका छाताहरु
धान्न खोजिरहेछन् श्रावणको बर्षा
उभिरहेछन्, ठडिरहेछन् जङ्गलको झाडीमा ।

क्षणिक गड्गडाहट समेटेर मनमा
खोल्सा खोल्सिबाट निस्किरहेछन् खहरे
भिजाउन सुख्खा निमुखा मनहरु
बगिरहेछन्, उर्लिरहेछन् बेमौसमी झरीमा ।

–चन्द्रपुर, रौतहट ।

प्रतिक्रिया दिनुहोस्