नेपाल । मंगलबार प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट पारित भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले बजेट बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१–८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए ।
पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब छ ।
प्रतिक्रिया दिनुहोस्