५ माघ २०८१, शनिबार

कोपा अमेरिका कपमा क्यानडा र अर्जेन्टिना बिजयी

कोलोराडोखबर संवाददाता , June 26th, 2024

अमेरिका । कोपा अमेरिका फुटबलमा क्यानडाले पेरुलाई १-० ले पराजित गरेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा क्यानडाले पेरुलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा रह्यो । खेलको ५९औँ मिनेटमा पेरुका मेरुयल अग्युरोले रेडकार्ड पाएपछि १० पेरु खेलाडीमा झरेको थियो ।

त्यसको फाइदा उठाउँदै क्यानडाले खेलको ७४औँ मिनेटमा जोनाथन डेभिडले गरेको गोल निर्णायक बन्यो ।

यसैबीच साविक विजेता अर्जेन्टिना कोपा अमेरका २०२४ को नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ ।

लाउटारो मार्टिनेजको निर्णायक गोलमा बुधबार भएको खेलमा चिलीलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

समूह ए मा लगातार दुई खेल जित्दै ६ अंक जोडेको अर्जेन्टिनाले एक खेल अगावै नकबउट चरणमा स्थान पक्का गर्‍यो । न्यु जर्सीस्थित मेट लाइफ स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि लाउटारोले ८८औं मिनेटमा गोल गरेका थिए ।

यसअघि अर्जेन्टिनाले क्यानडालाई पहिलो खेलमा पराजित गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्