११ आश्विन २०८१, शुक्रबार

अष्ट्रेलिया सामाजिक सञ्जाल रुपन्देहीको चौथो अधिवेशनबाट दिवाकर काफ्ले अध्यक्षमा चयन

कोलोराडोखबर संवाददाता , November 26th, 2023

अष्ट्रेलिया । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोख्रेलले प्रदेशमा रहेर पनि नेपालमा परोपकारी तथा सामाजिक सेवामा लागेको अष्ट्रेलिया सामाजिक सञ्जाल रुपन्देहीको काम प्रति खुसी व्यक्त गर्नुभएको छ ।

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको अष्ट्रेलियाको सिड्नीमा भएको चौथो अधिवेशनका अवसरमा बोल्नु हुँदै राजदूत पोख्रेलले पर्यटन, स्वास्थ्या, शिक्षा र प्राकृतिक विपदको समयमा नेपाल र अष्ट्रेलियामा सञ्जालले गरेको परोपकारी सामाजिक कार्य प्रति खुसी व्यक्त गर्नुभएको हो । उहाँले कामको शिलशिलामा अष्ट्रेलियामा रहेपनि नेपाल र नेपालीप्रति समाजले देखाएको सहयोगको भावले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको बताउनुभयो ।

यसैगरी कार्यक्रमका अध्यक्ष मुक्तिराम पोखरेलले २ वर्षको कार्यकालमा आफ्नो नेतृत्वमा भए गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले सञ्जालको नेतृत्वमा मानविय, सामाजिक तथा परोपकारी कार्य गर्न सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । अध्यक्ष पोखरेलले आगामी दिनमा पनि सेवा भावका कार्यहरुगर्न सहयोगको अपिल समेत गर्नुभयो ।

पोखरलेले आफ्नो धारणा राख्दै संस्थाको स्थापना काल देखि नै मानविय एवं परोपकारी कार्यहरु कोभिड महामारी प्रभावितलाई राहत वितरण, यौन हिंसामा परेका बालबालिकाहरुलाई सहयोग, क्यान्सर पीडितलाई सहयोग, भूकम्प पीडितलाई एनआरएनए मार्फत सहयोग, अनाथ आश्रममा रहेका फरक क्षमता तथा सिमान्त अनाथ तथा अपाङ वालवालिका लाई शैक्षिक सामाग्री न्यानो कपडा वितरण मानविय तथा परोपकारी कार्यका लागि रक्तदान कार्यक्रम, अस्पताल तथा स्वास्थ्य सामाग्री वितरण, उत्प्रेरणामुलक जिवन उपयोगि ज्ञान मुलक सत्सङ्ग अभिमुखिकरण, साहित्यिक तथा सांस्कृत्तिक संरक्षणका लागि साहित्यिक साक्षरता कार्यक्रम, महिलाहरुको तिज कार्यक्रम, नेपालि तथा अंग्रेजि नयाँ वर्षमा चेतनामूलक तथा सांस्कृतिक संरक्षणमा टेवा पुग्ने जस्ता कार्यक्रमहरु, अक्षयकोष मार्फत असाहाय वालवालिका लाई शैक्षिक अध्ययनमा सहयोग सिमान्तकृत असाय एव् अपाङ् वालवालिका शैक्षिक सामाग्री तथा विद्यालय पोशाक जस्ता कार्यक्रमहरु सम्पन्न गरिसकेको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा अष्ट्रेलियाका निर्वतमान वहुसाँस्कृतिक तथा जेष्ठ नागरिक मन्त्री मार्क जोसेफ कोरले यस सञ्जालले बहुसाँस्कृतिक संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । यसैगरी कार्यक्रममा फेन्काका उपाध्यक्ष डा. मधुसुदन पुडासैनीले भूगोलको हिसावले पर भएपनि समाजको सक्रियतामा कर्मभूमीबाट जन्म भूमीप्रति गरेको सहयोग र सेवा सहरानीय रहेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा गैर आवशिय नेपाली संघका उपाध्यक्ष डा. विनोद श्रेष्ठ, सचिव डा. ज्ञानेन्द्र रेग्मी, गैर आवसीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएनए ओसियाना क्षेत्रीय उपसंयोजक अरुणकुमार ठाकुर, बरिष्ठ समाजसेवी डा. नारायण प्रधान, बुटवल उप महानगरपालिकाका पूर्वमेयर शिवराज सुवेदी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा अष्ट्रेलियामा रहेर स्वास्थ्या क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुहुने डा. सिर्जना शर्मालाई सम्मान गरिएको थियो । उहाँले स्वास्थ्या क्षेत्रमा योगदान गरे वापत उहाँलाई सम्मान गरिएको हो । यसैगरी कार्यक्रममा पण्डित नारायण शास्त्रीले रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले सामाजिक सेवासंगै समुदायमा सत्भाव विकास गराउने कार्यमा समेत गरेको योगदानको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा प्रशंसा स्वार र सुषुम्ना खरालले नेपाली सँस्कृति झल्कने नृत्य प्रस्तुत गर्नुभएको थियो ।

सञ्जालमा नयाँ नेतृत्व चयन
अधिवेशनबाट २ वर्षका लागि दिवाकर काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । जसमा उपाध्यक्ष रञ्जिता भण्डारी, महासचिव सूचना पाण्डे, कोषाध्यक्षमा प्रदिप पन्थि, सचिवमा कमल चापगाई, परियोजना संयोजक कमल भण्डारी, पब्लिक अफिसर राजन खड्का, महिला संयोजक गायत्री पौडेल, खेलकुद संयोजक सरोज पाठक, सूचना प्रविधि संयोजक सरोज पाण्डे, साँस्कृतिक संयोजक प्रदिप खनाल रहनुभएको छ ।

यसैगरी कार्यसमिति सदस्यहरुमा पदम अधिकारी, योगेश पराजुली, राजु खनाल, झ्यागंजी खरेल, संयोग गौतम, रे खरेल, श्रृजना खड्का, शंकर शर्मा, घनश्याम पाण्डे, बसन्त भण्डारी र सुनिता न्यौपाने रहनुभएको छ । यसैगरी सञ्जालको सल्लाहकारमा डा. प्रकाश पौडेल,रोशन कोइराला, टि एन अर्याल, राम चालीसे, चुन्ना क्षेत्री, प्रमोद कार्की रहनुभएको छ भने संरक्षकमा राज खनाल, कृष्ण गैरे, इश्वर पोखरेल र मुक्तिराम पोख्रेल रहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्