८ मंसिर २०८१, शनिबार

मगर संघ अमेरिका कोलोराडो च्याप्टरको समर पिकनिक कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , June 25th, 2024

कोलोराडो । मगर संघ अमेरिका कोलाराडो च्याप्टरको आयोजनामा समर पिकनिक २०२४ तथा बार्षिक भेला प्रोस्पेटिक पार्क ह्वाइट रिड्चमा भब्य रुपमा सम्पन्न भएको छ ।

च्याप्टरका अध्यक्ष कृष्ण थापा मगरको अध्यक्षतामा सम्पन्न बार्षिक भेलामा च्याप्टरका सचिव उपेन्द्र राना मगरले च्याप्टरको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष भुमिका पुन मगरले च्याप्टरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मगर संघ अमेरिकाका सल्लाहकार लक्ष्मण राना मगरले आगामी महिना जुलाईको २७ र २८ हुने मगर संघ अमेरिका केन्द्रीय समितिको ९औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गर्न आफुहरु लागिरहेको जानकारी दिए ।

त्यस्तै केन्द्रीय समितिका पश्चिम क्षेत्रीय उपाध्यक्ष टेक थापा मगरले संघ अमेरिकाले अमेरिका भित्र रहेका मगरहरुको जनगणना तथा सर्वेक्षण गरिरहेको र उक्त सर्वेक्षणमा आफ्नो साथै परिवारका सदस्यहरुको नाम भर्न बाँकी रहेको छ भने यहि जुन महिनाको अन्तिमसम्म भाग लिन आग्रह गर्नुभयो । त्यस्तै संघले विभिन्न विधामा स्टुडेन्ट स्कलरसि ल्याएकाले विधार्थीहरुलाई पनि स्कलसिपमा भाग लिन नछुट्न आग्रह गर्नुभयो ।

उक्त भेलाले २०२३–२५ को च्याप्टरको कार्यसमितिमा रिक्त हुन गएको सदस्य पदमा विक्रम वारघरे मगरलाई २०२३–२५ को च्याप्टरको कार्यसमिति सदस्य पदमा सर्बसम्मत चयन गरेको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष थापाले च्याप्टरले कोलोराडोमा नेपाली समुदाय तथा संघ संस्थाहरुद्वारा आयोजना हुने बिभिन्न कार्यक्रमहरुमा यस संस्थाकोतर्फबाट सक्रिय सहयोग र सहभागिता जनाउँदै बताउनु भयो । च्याप्टरमा मगरहरुको संख्या पनि वढ्दै गएको र मगर परिवारमा समस्या परेको खण्डमा सहयोग गर्दै आएकोले केहि आईपरे मगर संघ मिलेर हातेमालो गर्न तत्पर रहेको कुरा पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्