नेपाल । सोमबार सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ७ सय ५३ स्थानीय तहले बजेट सार्वजनिक गर्न लागेका हुन् ।
७ सय ५३ पालिका मध्ये केहीले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्छ ।
आइतबारसम्म ३८ स्थानीय तहले बजेट पेस गरिसकेका छन् । अब ७ सय १५ स्थानीय तहले बजेट पेस गर्न बाँकी छ ।
असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्