अमेरिका । आइसिसी टी–२० विश्वकपको सुपर ८ मा अष्ट्रेलियालाई अफगानिस्तानले हराएको छ ।
जारी विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको हो ।
अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९ दशमलव २ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो ।
त्यसअघि अलराउन्डर प्याट कमिन्स लगातार ह्याट्रिक विकेट लिएको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको थियो ।
यसैगरी टी–ट्वेन्टी विश्वकपको सुपर एटको समूह दुई अन्तर्गतको खेलमा इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको छ । योसँगै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।
इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको अमेरिकाले ११६ रनको लक्ष्य दिएको थियो । इंग्ल्यान्डले विनाविकेटको क्षतिमा ६२ बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो ।
पहिलो इनिङमा अमेरिकाले १८ दशमलव ५ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्