१० मंसिर २०८१, सोमबार

११ महिनामा १३ खर्व १४ अर्व ब्यापार घाटा

कोलोराडोखबर संवाददाता , June 23rd, 2024

नेपाल । चालु आर्थिक वर्ष २०८०-८१ को जेठ मसान्तसम्म नेपालको व्यापार घाटा साढे १३ खर्व १४ अर्वभन्दा बढी पुगेको छ ।

भन्सार विभागले गत शुक्रबार सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालू आवको ११ महिनामा ब्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा नेपालले १३ खर्ब ३७ अर्ब ४२ करोड ३९ लाख रुपैयाँ थियो ।

गत आवको तुलनामा १.७२ प्रतिशतले व्यापारघाटा घटेको छ । गत आवको जेठसम्ममा १४ खर्ब ८० अर्ब रुपैयाँ आयात भइरहँदा चालु आवमा भने घटेर १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ । आयात वार्षिक १.८४ प्रतिशतले घटेको छ ।

गत आवको तुलनामा चालु आवको जेठसम्ममा निर्यात ३.०१ प्रतिशतले घटेको छ । नेपालबाट गत वर्षको ११ महिनामा कुल १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँबराबरको निर्यात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्