८ मंसिर २०८१, शनिबार

एनआरएनए एनसीसी अमेरिकाको १३औं वार्षिक साधारण सभा मेरील्याण्डमा हुँदै

कोलोराडोखबर संवाददाता , June 23rd, 2024

अमेरिका । एनआरएनए एनसीसी संयुक्त राज्य अमेरिकाको १३ औं वार्षिक साधारण सभा जूलाई १३ र १४ तारिखमा हुने भएको छ ।

यसअघिनै बोर्ड बैठकले बाल्टीमोर, मेरील्याण्डमा वार्षिक साधारण सभा र ज्ञान साझेदारी सम्मेलन आयोजना गर्ने मिति तय गरेको एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बञ्जाडेले उल्लेख गरेका छन् ।

उक्त एजिएमबाट वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगामी दिनका कार्ययोजना पारित गरिने छ ।

प्रतिक्रिया दिनुहोस्