नेपाल । आइतबार प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरिएको छ ।
बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
त्यसअघि विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ ।
बजेट पास गर्ने दिन संसदमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन् कांग्रेसले ह्विप जारी गरेको छ । गत शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले सबै सांसदलाई अनिवार्य उपस्थित हुन भनेको हो ।
प्रतिक्रिया दिनुहोस्