१२ आश्विन २०८१, शनिबार

आठ देशमा राजदूत छनौट, अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरे सिफारिस

कोलोराडोखबर संवाददाता , June 22nd, 2024

नेपाल । सरकारले आठ देशका राजदूतहरु सिफारिस गरेको छ । विगतमा नेपाली काँग्रेसको सिफारिसमा राजदूत भएका ११ देशका राजदूत फिर्ता बोलाएर नयाँ सिफरिस गरिएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागबन्डाका आधारमा राजदूत छनौट गरेको हो ।

बैठकले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी भारत, चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्क, डा विजन पन्त बेलायत, पुष्पराज राजकर्णिकार स्पेन, नेत्रप्रसाद तिमल्सेना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ ।

अमेरिकाका लागि नेपाली राजदूत सिफारिस भएका चन्द्र घिमिरे पूर्वसचिव हुन् ।

खाली रहेको ११ देशको राजदूतमा एमाले, माओवादी र रास्वपाको भागबण्डा

 

प्रतिक्रिया दिनुहोस्