नेपाल । आईसीसी टी-२० विश्वकपको ‘सुपर एट’मा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले हराएको छ । दक्षिण अफ्रिकाको यो निरन्तर छैटौँ जित हो ।
शुक्रबार राति टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ६ विकेट गुमाएर १५६ रन बनाउँदा ७ रनको पराजय भोगेको हो ।
यसैबीच आइसीसी टी–२० विश्वकप अन्तर्गतको सुपर एटमा अष्ट्रेलियाले बंगलादेशलाई २८ रनले पराजित गरेको छ । अष्ट्रेलियाले १४१ रनको लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल डकवर्थ लुईस (डीएल) नियम अनुसार निर्णय लिइएको हो ।
एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा टस हारेर बंगलादेशले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन बनायो ।
१४१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाको पालीमा पानी परेर खेल रोकिँदै चल्दै गर्यो । विना विकेटको क्षतिमा ६४ रन बनाउँदा पानी परेर खेल रोकियो । त्यसपछि सुरु भएको खेलको पहिलो बलमै ट्रभिस हेडलाई गुमाएको थियो । उनी ३१ रन बनाएर आउट भए । त्यसपछि ब्याटिङमा आएका मिचेल मार्स १ रन बनाएर पेभिलियन फर्किए। अष्ट्रेलियाका दुवै ब्याट्सम्यानलाई बंगलादेशका रिसाद हुसेनले आउट गरेका थिए ।
ओपनर डेभिड वार्नर ५३ र ग्लेन म्क्सवेल १४ रन बनाएर एक सयको स्कोरमा खेलिरहँदा फेरि पानी परेर खेल रोकिएको थियो । त्यसपछि नतिजा डिएल मेथडबाट लिइएको हो ।
त्यसैगरी बिहीबार राति भएको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्