नेपाल । इन्जुरी समयको पाँचौं मिनेटमा गोल खाएपछि क्रोएसिया युरो २०२४ मा बराबरी खेल्न बाध्य बनेको छ । बुधबार राति भएको खेलमा क्रोएसिया र अल्बानियाबिचको खेल २–२ गोलको बराबरीमा रोकिएको हो ।
खेलको ११ औं मिनेटमा लासीले गोल गर्दै अल्बानियालाई १–० को अग्रता दिलाए । क्वाजिम लासीले अल्बानियाका लागि जितको सुरुवात गरेको थियो । तर दोश्रो हाफको ७४ औँ मिनेटमा आन्द्रेज क्रामारिचले गोल गर्दै क्रोयसियालाइ बराबरी गर्न सफल भए ।
यता, आयोजकले जर्मनीले लगातार दोस्रो खेल खेल्दै युरो २०२४ को अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह ‘ए’अन्तर्गत बुधबार भएको खेलमा हंगेरीलाई २–० ले पराजित गर्द जर्मनी नकआउट चरण पुग्ने पहिलो टोली बनेको छ ।
दुई खेलबाट ६ अंकसहित जर्मनी समूह ‘ए’ को शीर्ष स्थानमा छ । स्टुटगार्ड एरेनामा भएको खेलमा जमाल मुसिएलाले २२औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि कप्तान इल्के गुन्डागोनले ६७औं मिनेटमा जर्मनीका लागि दोस्रो गोल गरे । जर्मनीले समूहको पहिलो खेलमा स्कटल्याण्डलनाई ५–१ ले पराजित गरेको थियो । अब समूह को अन्तिम खेलमा जर्मनीले स्विट्जरल्याण्डसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्