४ माघ २०८१, शुक्रबार

पहिलो सुपर-८ खेलमा दक्षिण अफ्रिकाद्वारा अमेरिका पराजीत

कोलोराडोखबर संवाददाता , June 20th, 2024

अमेरिका । आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सुपर-८ खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हराएको छ ।

१९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनायो । अमेरिकाका एन्ड्रिस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए ।

यसअघि सर भिभियन रिचर्ड्स रंगशाला नर्थ साउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्