नेपाल । गत बैशाखदेखि आफ्ना फिल्मको प्रचारमा मात्र देखिएका नायक दयाहाङ राई बुधबार अमेरिका उडेका छन् ।
गत माघमा अमेरिकामा फिल्म ‘भूठान’को छायांकन सकाएर फर्किएका उनी नेपाल–अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुन निर्देशक नवीन सुब्बाको साथमा अमेरिका प्रस्थान गरेका हुन् । यही जुन २० देखि २३ सम्म हुने यो फेस्टिभलमा उनको फिल्म ‘गाउँ आएको बाटो’ स्क्रिनिङ हुँदैछ ।
सन् २०१७ देखि आयोजना हुँदै आएको महोत्सवमा नेपाल, अमेरिका, जर्मनीसहित ११ देशका फिचर, वृत्तचित्र, लघु तथा एनिमेसन गरि ३५ फिल्म देखाइनेछ । समापनमा भने ‘द रेड सुटकेस’ प्रदर्शन हुँदैछ ।
महोत्सवमा छनोट भएका फिल्म मेरिल्यान्ड राज्यको एएफआई सिल्भर थिएटर तथा ग्रिनबेल्ट थिएटरमा प्रदर्शन हुने आयोजक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्