१० मंसिर २०८१, सोमबार

सरकारले कार्यकर्तालाई बाँड्न धेरै बजेट छुट्यायो: महत

कोलोराडोखबर संवाददाता , June 19th, 2024

नेपाल । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले कार्यकर्तालाई बाँड्न सरकारले ३ खर्ब ३० अर्बको पुँजीगत खर्च बजेटमा ५५ अर्बभन्दा बढी रकम १ करोडभन्दा साना आयोजनामा राखेको आरोप लगाएका छन् ।

मंगलवार प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले सरकारले ३ खर्ब ३० अर्ब पुँजीगत खर्च बजेटमा ४ मन्त्रालयमा मात्र ५५ अर्बभन्दा बढी बजेट १ करोडभन्दा साना आयोजनामा राखेको बताए ।

उनले ५५ अर्ब सबै रकम उपभोक्ताको नाममा राखेको बजेट पार्टीका कार्यकर्ताले खर्च गर्ने दावी गरे । उनले ५५ अर्ब राज्यको रकम पार्टीका कार्यकर्तामार्फत अधिकांश रकम दुरुपयोग हुने आरोप पनि लगाए ।

उनले सरकारको प्रतिबद्धताविपरीत ३ करोडभन्दा तलका आयोजनामा बजेट वितरण गरिएको बताए । उनले प्रधानमन्त्रीले बोल्ने मात्रै र कार्यान्वयन नगर्ने आरोप पनि लगाए।

प्रतिक्रिया दिनुहोस्