४ माघ २०८१, शुक्रबार

यूरो कप २४ मा पोर्चुगल र टर्की विजयी

कोलोराडोखबर संवाददाता , June 19th, 2024

नेपाल । जर्मनमा जारी यूरो कप २४ मा मंगलबार राति सम्पन्न खेलमा पोर्चुगल र टर्की विजयी भएका छन् ।

यसैक्रममा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ ले पराजीत गरेको हो । चेकले सुरुवाती अग्रतालाई कायम गर्न गरे पनि त्यसलाई जोगाउन सकेन ।

चेक गणतन्त्रको लागि निकै संघर्षपुर्ण खेलको ६५ औं मिनेटमा लुकास प्रोभोडले पहिलो अग्रता दिलाए । तर खेलको ६९ औं मिनेटमा रोनाल्डोको टिमले आत्मघाती गोल उपहार पायो ।

खेल बराबरीतर्फ धकेलिएको अवस्थामा खेलको इन्ज्युरी समयमा कन्सेकाओले गोल गरेपछि पोर्चुगलको जित निश्चित भयो ।

त्यसैगरी युरो कपमा पहिलो पटक सहभागिता जनाएको जर्जिया टर्कीसँग पराजित भएको छ । जर्जियालाई टर्कीले ३–१ ले पराजित गरेको हो ।

खेलको २५ औ मिनेटमा टर्कीको लागि मर्टले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए । तर ३२औं मिनेटमा जर्जियाका मिकाउताड्जेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफ १–१ को बराबरी खेलेको टर्कीले दोश्रो हाफको ६५औं मिनेटमा टर्कीका आर्दा गुलेरको गोल मार्फत आफ्नो अग्रतालाई २–१ को अवस्थामा लैजान सफल भए ।

टर्कीको लागि खेलको अन्तिम समयमा केरेम आक्तुरकोग्लुले गोल गर्दै जित दर्ता गरे ।

प्रतिक्रिया दिनुहोस्