४ माघ २०८१, शुक्रबार

टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजीत

कोलोराडोखबर संवाददाता , June 17th, 2024

नेपाल । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी–२० विश्वकपको सोमबार सम्पन्न अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनले पराजीत भएको छ ।

एक सय ७ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन जोड्यो ।नेपालका लागि कुशल मल्ल २७, दीपेन्द्रसिंह ऐरी २५ र आसिफ शेखले १७ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बंगलादेशका तान्जिम हसन सकिबले ४ ओभरमा मात्र ७ रन दिएर ४ विकेट लिए । मुस्तफिजुर रहमानले ४ ओभरमा ७ रन मात्रै दिएर तीन विकेट लिए । शकिब अल हसनले २ विकेट लिए ।

यसअघघि पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १०६ रनमा अलआउट भएको थियो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए ।

पहिलो खेलमा नेदरल्याण्डसँग पराजीत भएको नेपाल वर्षमा कारण दोस्रो खेलमा श्रीलंकासँग खेल्न नपाउँदा १–१ अंक बाँड्न बाध्य भयो । तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजीत नेपालले चौथो खेलमा बंगलादेशसँग हारेर यसपटकको विश्वकपबाट बिश्राम लिउको छ ।

यही खेलमा नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै १०० पूरा गरेका हुन् ।

योसँगै उनी टी–२० आई क्रिकेटमा छोटो एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । उनले ५४ टी–२० आई खेलमा १०० विकेट पूरा गरेका हुन् । छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका रसिद खानको नाममा छ ।

उनले ५३ खेलमा एक सय विकेट पूरा गरेका थिए । सन्दीप टी–२० आई क्रिकेटमा १०० विकेट विकेट पूरा गर्ने पहिलो नेपाली बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्